काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४ सय २३ जनामा गरिएको परिक्षणमा महिला १०७७ र पुरुष १६७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
यस्तै प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, बागमति प्रदेशमा १६९९, गण्डकी प्रदेशमा १३७, लुम्बिनीमा २१८, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १०३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।
उपत्यकामा थप १५ यस १२ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १० हजार ४ यस २३ नमुना परिक्षण गर्दा २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्। त्यस्तै शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।