२४ बैशाख २०८१, सोमबार
Follow Us

व्यवसायी राजु थापाले भित्राए नेपालमा ‘भेन्चुरिनीको नयाँ ब्रान्ड’

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७७, शनिबार ०९:२६

लण्डन । शुक्रबार ऋचा शर्मा, एलिजा गौतम, नीति शाह र प्रशान्त ताम्रकारले दरबार मार्गमा संयुक्त नयाँ ब्रान्डको उद्घाटन गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनीको उनीहरुले रिबन काटेका हुन् ।

यो ब्रान्डलाई नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो । उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउँदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन् ।

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुपमा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग ९झोला० उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताए ।

‘फुटबेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भने ।

नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० शहरमा पु¥याइने छ । एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिने छ।’

इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए ।

‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भने।

कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण गरिने उनले बताए । झण्डै दुई करोड लगानीमा भेन्चुरिनीको ब्रान्ड नेपाल ल्याइएको हो ।