२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७७, बुधबार ०९:२९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ । बैठक बस्छ या बस्दैन भन्ने अन्यौलका बीच दिउँसो १ बजे निर्धारित समय र स्थानमा सुरु भएको बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको हो । आजको बैठक डेढघण्टासम्म चलेको छ । अर्को बैठक १० दिनपछि बस्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अघिल्लो बैठकमा नेकपा कार्यकारी अध्यक्षले १९ पृष्ठ लामो प्रधानमन्त्री केपी ओलीलाई लेखेको प्रतिवेदन बैठकम प्रस्तुत गरेका थिए । सो प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा नबस्ने ओलीले जनाउ दिए पनि बुधबारको बैठकमा भने उपस्थित भएका थिए ।