२१ बैशाख २०८१, शुक्रबार
Follow Us

५३६४ संक्रमित संक्रमणमुक्त, २२ जनाको निधन

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७७, शुक्रबार ११:०४

काठमाडौं । शुक्रबार कोरोना भाइरका थप १९ सय ४५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा १९सय ४५ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजार १ सय ७ जना थपिएका छन् । त्यसमध्ये ४ सय ८४ महिला र ६ सय २३ जना पुरुष रहेका छन् । काठमाडौंमा ८ सय ६२, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जना संक्रमित थपिएका छन् । उपत्यकाबाहेक धेरै संक्रमित थपिएका जिल्लामा झापामा ३८, मोरङमा २०, संखुवासभामा ३४, सुनसरीमा ५५, धनुषामा २४, काभ्रेमा ५४, चितवन ८७, दाङमा ५१,रुपन्देहीमा ६० जना थपिएका छन् । प्रदेश १ मा १६८, प्रदेश २ मा ५९, बागमतिमा १३१७, १४५, लुम्बिनी १८१, कर्णालीमा १२ र सुदूरपश्चिममा ६३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रबार थपिएकासहित आजसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण भैसकेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या पनि १ लाख ९१ हजार २ पुगेको छ।

यसैगरी पछिल्लो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने संक्रमित थपिने संख्याको तुलनामा बढेको छ । शुक्रबार अपरान्हसम्म थप २२ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ।