२३ बैशाख २०८१, आईतवार
Follow Us

नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुग्दा सेयर बजारमा नयाँ कीर्तिमान

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७७, बिहीबार १०:१२

काठमाडौ । नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुग्दा नेपालको सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। । चार वर्ष पहिले कायम भएको १ हजार ८ सय ८१ अंकको उच्चतम बिन्दुलाई उछिन्दै नेप्से परिसूचकले विहिबार १९ सय पार गरेको छ।

कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको छ । आजको कारोबारमा परिसूचक १९ सय २६ बिन्दु छोएको छ। १२ बजेसम्म नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक सबै समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम पनि एक घण्टामा २ अर्ब नाघेको छ ।