२३ बैशाख २०८१, आईतवार
Follow Us

भारतीय विदेश सचिव दिनभर भेटघाटमा (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७७, बिहीबार १२:१२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । आज (बिहीबार) बिहान नेपालमा आएका श्रृंगलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार काठमाडौँ आएका भारतीय विदेश सचिव श्रृंगला दुई दिनका लागि नेपाल आएका हुन् । उनी काठमाडौँ आएदेखी निरन्तर भेटघाट क्रममा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् ।

उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र बौद्ध गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बिहीबार बिहान ११ बजे काठमाडौं ओर्लनुभएका श्रृङ्गलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत सरकारको तर्फबाट दुई हजार थान रेम्डेशिभिर खोप हस्तान्तरण गर्नुभयो ।