२८ बैशाख २०८१, शुक्रबार
Follow Us

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १०:३५

बैतडी । किशोरी बलात्कार घटनामा संलग्न भएको आरोपमा प्रहरीले बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेरसिहँ साउदलाई पक्राउ गरेको छ। पीडितले दिएको किटानी जाहेरीके आधारमा सिगास–३ का अमरसिंह धामी र मनोज धामी प्रक्राउ परिसकेका छन।

सिगास घटनामा चार जना बिरुद्ध किटानी जाहेरी परेकोमा मुख्य आरोपी दिपक धामी भारततिर फरार भएको प्रहरीले जनाएको छ। गत जेठमा सिगासकी एक किशोरीमाथि पानी भर्न जाँदा बलात्कार भएको थियो।

उक्त घटनामा पिडकले कार्तिक भित्र एक तोला सुन दिने भन्दै गाउमै मिलापत्र गरिएको थियो। कार्तिक भित्र सुन नदिएपछि घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।