२८ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम ओलीले सचिवालय बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव ४० पृष्ठको

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १०:३८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्दैछ । शनिबार १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव ४० पृष्ठको भएको बताइएको छ ।

सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्‍याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरेका हुन् ।

उनले शनिबारको बैठकमा यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आंकलन गरिएको छ ।

दाहालले ओलीलाई पार्टी पद्धती र विधान अनुरुप नचलाएको आरोप लगाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका अध्यक्ष ओली र दाहाल एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद छ ।