२१ बैशाख २०८१, शुक्रबार
Follow Us

संघीयता खारेजीका माग राख्दै काठमाडौंमा जनमोर्चाको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७७, आईतवार ११:५८

काठमाडौ । संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय जनमोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मुलुक संघीयतामा गएकै कारण देश आर्थिक रुपमा कमजोर हुदै गएको भन्दै जनमोर्चाले एकात्मक मुलुकको मागका साथ आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले संघीयता चाहिँदैन देश टुक्रयाउन पाइदैन भन्दै नारा लगाएका थिए । त्यस्तै उनीहरुले कोराना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् । कोरोनाको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेकै कारण संक्रमितको संख्या बढेको उनीहरुको आरोप छ ।

जनमोर्चाले छिमेकी मुलुकहरुले नेपालको भूमि अतिक्रमण गरेको भन्दै अतिक्रमित भूमि फिर्ताका लागि सरकारले गम्भीर भएर वार्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।