२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्सामा राजसंस्था पुनस्र्थापनाको पक्षमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७७, बिहीबार १४:४८

पर्सा । पर्सामा आज राजसंस्था पुनस्र्थापनाको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शनका सहभागीले संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरी संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग गरेका हुन ।

जनकलाल साहको नेतृत्वमा बिरगंजको घन्टाघरबाट निस्केको ¥यालीले वीरगञ्ज महानगरका विभिन्न स्थान परिक्रमा गरेको थियो । उनीहरुले राजसंस्थाको पक्षमा चर्को नारावाजी समेत गरेका थिए । प्रदर्शनका सहभागीहरुले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै संघियता खारेज गर्नुपर्ने माग गरेका छन ।

घण्टाघरबाट जुलुस बाजागाजा सहित निकाल्न खोज्दा प्रहरीसँग केही समय भनाभन भएको थियो । पछि प्रहरीसँगको सहमतिमा नै उनीहरुले प्रदर्शन गरेका हुन । यसअघि काठमाडौं, विराटनगर, पोखरा, बाँके, कैलाली, रौतहट र हेटौडा लगायतका क्षेत्रमा पनि यस्तै प्रकृतिका प्रदर्शन भएका थिए ।