२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दाहाल संसदीय दलको नेता चयन

नेपालब्रिटेन संवाददाता
८ पुष २०७७, बुधबार १०:१६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो। नेता माधव नेपालको प्रस्ताव बैठकले ओलीलाई हटाएर प्रचण्डलाई दलको नयाँ नेता बनाएको हो । मंगलबार बसेको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट पनि हटाएको थियो।