२४ बैशाख २०८१, सोमबार
Follow Us

आरोपपत्र फिर्ता लिएर निर्वाचनमा सहभागी हुने भए एकता हुन सक्छ: पोखरेल

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७७, सोमबार १०:५८

काठमाडौ । उपप्रधानमन्त्री एवं नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताएका छन । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा उनले आफुहरुले पार्टीबाट कसैलाई निस्कासन नगरेको भन्दै उनल कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताएका हुन । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाई छ ।

उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने समेत बताए । नेता पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा काठमाडौंम जनसभा आयोजना गर्न लागिएको पनि उनले बताए ।