काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा भएको ‘सैन्य कू’को विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको बताएका हुन् । उनले देश या विदेश जहाँ भएपनि कांग्रेस प्रतिगमनको विरुद्धमा रहेको पनि स्पष्ट पारेका छन् । रोहिङ्या समुदायमाथी सुकि सत्ताको व्यवहारको पुरानो घटना अमानवीय भएपनि निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय रहेको शर्माले उल्लेख गरेका छन् ।