७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना विरुद्धको खोप लगाएपछि कति समय सुरक्षित भइन्छ ?

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७७, शनिबार १९:३२

पहिलो चरणको खोप अभियान सकेर दोस्रो चरणको खोप अभियानको संघारमा पुग्दा समेत खोपको प्रभावकारिताका विषयमा मानिसहरु अझै विश्वस्त हुन सकेका छैनन् । खोप लगाइसकेकाहरुमा पनि आफूमा एन्टीबडी विकास भयो कि भएन वा खोप लगाएपछि कति समयसम्म सुरक्षित हुन सकिन्छ भन्ने जिज्ञासा छ । खोप कम्पनीहरुले खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टीबडी विकास भई ५ देखि ६ महिना वा एक वर्षैसम्म पनि एन्टीबडी रहीरहने दाबी गरेका छन् । तर स्वास्थ्य जानकारहरु भने खोप प्रयोगमा आएको लामो समय नभएको र खोपको प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाएको कति समयसम्म शरीरमा एन्टीबडी रहन्छ वा खोप लगाएका व्यक्ति अर्को सम्भावित संक्रमणबाट सुरक्षित हुन सक्छ भन्नेमा कुनै ग्यारेन्टी नभएको तर्क गर्छन् ।