७ जेष्ठ २०८१, सोमबार
Follow Us

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ०४:२९

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूमाथि सुरक्षाकर्मीले चलाएका थिए । बुधवार भएको प्रदर्शनमा मात्रै ३८ जनाले ज्यान गुमाएको बिबिसीमा उल्लेख छ ।

हालसम्म सेनाले सत्ता हातमा लिएपछि ५० प्रदर्शनकारीको मृत्यु भइसेकेको छ । म्यानमारको यही फेब्रुअरी १ तारिखमा सेनाले शासन सत्ता हातमा लिँदै एक वर्ष सङ्कटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरूलाई हिरासतमा लिएको छ । सैनिक ‘कू’को विरोधमा म्यानमारमा दैनिक ठूला प्रदर्शन भइरहेका छन् ।