८ जेष्ठ २०८१, मंगलवार
Follow Us

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७७, सोमबार १०:०४

मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी वाग्मतीमा हाल्नुभएपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ ।

नदीमा जमेको कालो लेदो वाग्मतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । वाग्मतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन ।

यही फागुन २६ गतेदेखि मेलम्चीको पानी बहाव बढाएर पशुपतिसम्म स्वच्छ बनाउने योजना रहेको प्रधामन्त्री ओलीले कार्यक्रममा सुनाउनुभएको थियो । सुरुङ नभरिएसम्म पानी नबढाइने मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर बर्मलाल राजभण्डारीले जानकारी दिनुभयो ।

वर्षामा आकाशको पानीले वाग्मती भरिने गरे पनि हिउँदमा नदी कुलोमा सीमित हुन्छ । सुन्दरीलबाट उपत्यकामा खानेपानी ल्याइएपछि वाग्मतीमा थोरै पानी बग्ने गरेको छ । हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन । नदी सफा बनाउन पानीको बहाव बढाइनुपर्ने आवाज उठे पनि पूरा हुन सकेको छैन ।

प्राधिकरणले गत पुस २७ गते दिउँसो १२ः०० बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो । आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ । चालिस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ । प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ ।

सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।