९ जेष्ठ २०८१, बुधबार
Follow Us

१०४ जना कोरोना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७७, बुधबार १२:५१

काठमाडौ । नेपालमा बुधबार थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ७४ हजार ९ सय ७३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७१ लाख ५० पुगेको छ ।

गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल ९ सय ११ जना आइशोलेशन र ५५ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २२ लाख तीन हजार ४ सय ३८ वटा नमुना पिसिआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।