८ जेष्ठ २०८१, मंगलवार
Follow Us

‘साइबर स्यालहरु’ अझै ज्युँदै रहेछन् : नेपाल

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७७, बुधबार ०९:०९

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला स्थगित भयो भनेर फेक सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन् ।

“योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए”, ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, “४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पाे आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ ।”

उनले अहिले पनि साइबर स्यालहरु ज्युँदै रहेको बताए । “साइबर स्यालहरु अझै पनि ज्युँदै रहेछन् । यो साइबर स्यालहरु अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।”

उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे । टार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरु रहेकोले यो पनको लडाइँ नभएको उनले बताए ।