८ जेष्ठ २०८१, मंगलवार
Follow Us

सुख्खा पहिरो जाँदा सडक अवरुद्ध

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७७, आईतवार ०५:३२

रसुवा । रसुवाको पासाङ ल्हामु राजमार्गमा गएराती सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पासाङ ल्हामु राजमार्गको स्याफ्रु-भारखु खण्डमा याङयाङ खोला नजिकै सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

अवरुद्ध भएको सडक सवारी साधन सञ्चालनमा आउन नसक्दा काठमाण्डौतर्फ आउने यात्रुहरु बीच बाटामै अलपत्र परेका छन् ।

सडक अवरुद्ध हुदा रसुवाको उत्तरी क्षेत्रबाट काठमाण्डौतर्फ जाने दैनिक सवारी साधन तथा चीनबाट ल्याईएका सामाग्री बोकेका माल बाहक कन्टेनरहरु समेत बाटामै रोकिएका छन् ।

सडकमा ठुला चट्टान भएकाले अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउनका लागी केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक खुलाउनका लागि स्काभेटरको प्रयोग गरी तत्काल सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालालाई निर्देशन दिईसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।