२४ बैशाख २०८१, सोमबार
Follow Us

साउदी अरबमा मृत्यु भएका बोगटी परिवारलाई २ लाख सहयोग

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ०६:०८

सुर्खेत । साउदी अरव, रियादमा दुर्घटनामा मृत्यु भएका सुदिप बोगटीका परिवारलाई नेचर हर्व्र्स इन्टरनेशनल प्रालिले ग्राहक कल्याणकारी कोषबाट २ लाख रुपैयाँ उपलव्ध गराएको छ ।

नेचर हर्व्सका स्वतन्त्र वितरक रहेका बोगटीको परिवारलाई समवेदना दिन पुगेका कम्पीका प्रवन्ध निर्देशक अनन्तबाबु राई र कार्यकारी निर्देशक कुमार रम्तेलले सुदिपकी श्रीमती र छोरालाई २ लाख रुपैयाँ हस्तान्तरण गरे ।

भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्द र सोही नगरपालिका ७ का वडाध्यक्ष कर्णबहादुर मिजारको रोहवरमा रकम हस्तान्तरण गरिएको हो ।

कम्पनीका प्रवन्ध निर्देशक तथा कार्यकारी निर्देशक सुर्खेतको भेरीगंगा नगरपालिका ७ पुगेर नै दुःखको समयमा कम्पनीको तर्फबाट साथ दिएका छन् ।

सो अवसरमा नेचर हर्व्स इन्टरनेशनलका लुम्बिनी प्रदेश प्रमुख काशीनाथ भण्डारी, स्कुलिङ विभागका प्रमुख बाबु भुसाल र बिक्री केन्द्र सुर्खेतका प्रमुख शिवलाल पौडेलको उपस्थिति थियो ।