२४ बैशाख २०८१, सोमबार
Follow Us

नेपाल पक्षले सामूहिक रुपमा स्पष्टीकरण दिँदै

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ०६:११

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र समानन्तर कमिटी गठन गर्ने प्रतिस्पर्धा जस्तै क्रम चलिरहेका बेला माधव नेपाल सहितका ४ नेताले अध्यक्ष ओली पक्षबाट सोधिएको स्पष्टीकरणको जवाफ सामुहिक रुपमा दिने भएका छन् ।

चैत ७ गते ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्पष्किरणको पत्र पठाएको थियो । ओलीले स्पष्टीकरण सोधिएको विषयलाई सार्वजनिक गरे जस्तै नेपाल पक्षले पनि त्यस्तै तयारीका साथ जवाफ फर्काउने योजना बनाएको छ ।

चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलापछि नेपाल समूहले जिल्ला कमिटी र जनवर्गीय संगठनमा समानन्तर कमिटी बनाइरहेको छ । कार्यकर्ता भेलापछि नेपाललाई १० बुँदे, पाण्डेलाई ६ बुँदे, रावललाई ५ बुँदे र भुषाललाई ४ बुँदे स्पष्टिकरण एमालेको ओली पक्षले सोधेको थियो ।