२४ बैशाख २०८१, सोमबार
Follow Us

संसदको भूमिका प्रभावकारी बनाउन भन्दै ओलीले बोलाए संसदीय दलको बैठक

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ११:२७

काठमाडौं । सरकारले संसदलाई बिजनेश बिहिन बनाएको आरोप चर्कँदै गएपछि संसदको भूमिका र बिजनेशका बिषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

आगामी बजेटमा विकास निर्माणको योजना तयारी गर्ने, तथा पार्टीमा जारी विवादको समाधानका बिषयमा सांसदहरुसँग छलफल गर्न ओलीले बैठक डाक्न लगाएको एमाले संसदीयदलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार अनुसार बैठकमा संसदको चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी ओलीले संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए।

यसअघि ओलीले बोलाएको सबै बैठकहरुमा अनुपस्थित रहेका नेपाल पक्षका सांसदहरु आजको बैठकमा पनि सहभागी हुने सम्भावना छैन । बैठकले लगातार बैठकमा अनुपस्थित हुने सांसदका बिषयमा भने छलफल हुने वा नहुने भन्ने बिषयमा कुनै जानकारी दिईएको छैन ।