२४ बैशाख २०८१, सोमबार
Follow Us

थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ११:३७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार २ हजार ८ सय ९९ जनाको पीसीआर परिक्षण गर्दा थप १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाका कारणले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २१ पुगेको छ ।