२४ बैशाख २०८१, सोमबार
Follow Us

नेपाल पक्षले बोलायो एमाले केन्द्रीय सदस्यहरुको बैठक

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ११:३८

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार काठमाडौंमा बस्नेछ । पार्टीमा देखिएको गम्भीर विवाद र नेताहरुलाई ओली पक्षले सोधेको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकले ओली पक्षले गरेको निर्णय त्यसबारे आफ्नो पक्षको भावी रणनीतिबारे छलफल हुने बताइएको छ । यसअघि अध्यक्ष ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम रावल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो । ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारवाही गर्ने चेतावनी ओली पक्षले दिएको छ ।

माधव पक्षले भने स्पष्टीकरणको खुला जवाफ दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको माधव पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष स्पष्टिकरणको जवाफ सामूहिक रुपमा राजनीतिक तवर दिने निर्णय गरेको थियो ।