२४ बैशाख २०८१, सोमबार
Follow Us

झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ११:४२

काठमाडौ । एक महिनाअघि ओछ्यानबाटै बेपत्ता भएका महोत्तरी पिपराका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । फागुन १० गते राति वेपत्ता भएका पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा को शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो ।

शव ‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा पाँच फिट तल गाडिएको अवस्थामा फेला परेका प्रहरीले बताएको छ । घटनास्थलमा गीतादेवीले लगाएको कपडा, पोते र चुरार मुसाफिरले लगाएको टिसर्टले उनिहरुको पहिचान भएको प्रदेश प्रहरी प्रमुख सिंहले बताए । शवको झा दम्पतीको छोरा र भतिजाले सनाखत गरेका छन् ।

यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाइ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।