२४ बैशाख २०८१, सोमबार
Follow Us

एमाले संसदीय दल बैठकमा नेपाल समूहका सांसद पनि सहभागी हुने

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७७, शुक्रबार ०६:१३

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव कुमार नेपाल समूहका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघि दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् ।

आज बस्ने संसदीय दलको बैठकमा आफ्नो समूहका सांसदहरु पनि सहभागी हुने नेपाल समूहका एक नेताले जानकारी दिए । “आजको संसदीय दलको बैठकमा हामी जान्छौँ । अस्तिको बैठकमा भेला भएकाले जान सकेनौँ ।” उनले भने ।

आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनकाअनुसार संसद बैठक प्रभाबकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेस गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका लागि एजेन्डा तय भएका छन् ।