२५ बैशाख २०८१, मंगलवार
Follow Us

थरुहटसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७७, सोमबार ११:४१

काठमाडौं । सरकारले आन्दोलनरत थरुहट संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । थारु कल्याणकाली सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सबै पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न वार्ता टोली गठन गरेको बताउनुयो ।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेकाबेला सरकारले वार्ता टोली गठन गरेको हो ।