९ जेष्ठ २०८१, बुधबार
Follow Us

कुकुर हत्याको बिरोधमा माइतीघरमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०७८, बुधबार ०८:५५

काठमाडौ । काभ्रेको बनेपामा कुकुरको हत्या गरेको विरोधमा राजधानीमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार राजधानीको माइतीघरमा भेला भएका पशु अधिकारकर्मीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् ।

विभिन्न नारा अंकित प्लेकार्डसहित भेला भएका पशु अधिकारकर्मीहरुले कुकुर हत्याको कडा शब्दमा विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग समेत गरेका छन् ।

केही दिनअघि काभ्रेको धुलिखेल स्थित २८ किलोमा ८ वर्षको बालकलाई टोकेपछि दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका थिए । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।