८ जेष्ठ २०८१, मंगलवार
Follow Us

म्यानमार सैनिकद्वारा नेपाली दम्पतीको गोली हानी हत्या

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०७८, बुधबार १३:३९

काठमाडौं । म्यानमारका सुरक्षाकर्मीको गोली प्रहारबाट नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

मृत्यु हुनेमा किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । गोर्खा समुदायसँग आवद्ध उनीहरुले त्यहाँ गाईपालन व्यवसाय गर्दै आइरहेका थिए । भारतको सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको जनाइएको छ । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा बिक्री गर्न लैजाने तयारी गर्दै थिए ।