८ जेष्ठ २०८१, मंगलवार
Follow Us

सिंहदरवारभित्रै कर्मचारीको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७८, बिहीबार ०५:३९

काठमाडौं । सिंहदरबारभित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रस्तावित संघीय निजामती सेवा ऐनमा राखिएका प्रावधानहरूले कर्मचारीको वृद्धि विकासमा बाधा पुग्ने भन्दै दवाव दिन कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।

ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने खालको भएको र यसैको विरोधस्वरुप सांकेतिक रुपमा कार्यालयको कामलाई बाधा नपर्नेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरिएको कर्मचारी प्रकाश भट्टराईले बताए ।

सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था ऐनमा गरिएको छ ।