५ श्रावण २०८२, सोमबार
Follow Us

कर्णालीको मन्त्रिमण्डल पुनर्गठन

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७८, आईतवार ०३:१४

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्।

नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।

शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए।

हाल खाली रहेको सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसी र अर्थ मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जिम्मेवारीमा छ।

तीनै जनाले मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन शुक्रबारको प्रदेश सभा वैठकमा ‘फ्लोर क्रस’ गरेका थिए।

फ्लोर क्रस गरेको अर्का सांसद् प्रकाश ज्वालालाई भने पार्टीले कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ।

उनले यसअघि चैत २४ गते आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार यो मन्त्रीमण्डल पुनर्गठनको पहिलो चरणको हो।

धेरै पढिएको