१९ बैशाख २०८१, बुधबार
Follow Us

हटस्पट बन्यो काठमाडौं: आज मात्रै उपत्यकामा १०५१ जना संक्रमित

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७८, बुधबार ११:४८

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर आएसँगै कोरोना संक्रमणको ग्राफ बढ्दो छ । आज बितेको २४ घण्टामा २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै आज १०५१ जना संक्रमित थपिएका छन् । बुधबार प्रवक्ता डा गौतमले पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ४ र ललितपुरमा ११ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।