२३ भाद्र २०८२, सोमबार
Follow Us

चितवनको मतगणना अन्योलमा

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०८०, सोमबार ०५:०६

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा अझैसम्म पनि सर्वदलीय बैठक बस्न सकेको छैन।

आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बस्ने भनिएको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू मतगणना स्थल नपुगेपछि बैठक बस्न नसकेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका थिए। बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ।

धेरै पढिएको