२२ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजा अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७८, शनिबार १४:००

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को उपचारका लागि उहाँहरु भर्ना हुनुभएको हो । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।