२३ बैशाख २०८१, आईतवार
Follow Us

ओलीले डाके एमाले महाधिवेशन आयोजक कमिटीको आकश्मिक बैठक

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७८, आईतवार ०४:१४

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकश्मिक बैठक बोलाएका छन् ।

ओलीले आज बिहान १०:३० बजे बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । बैठकको जानकारीसहितको निम्तो गरिएको सन्देश सदस्यहरुलाई शनिबार राति ११ बजेतिर गैसकेको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ जना सांसदहरुलाई ओलीले स्पष्टिकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए । नेपाल पक्षका नेताहरुको जवाफबारे छलफल गर्न बैठक बोलाइएको ती सदस्यले बताएका छन् ।

‘आजको बैठकमा नेपाल पक्षका सांसदहरुको जवाफ र सम्भवतः कारवाहीबारे छलफल केन्द्रित हुनेछ’, ती केन्द्रीय सदस्यले भने ।