२३ बैशाख २०८१, आईतवार
Follow Us

पूर्वराजदम्पतीलाई अक्सिजन दिन थालियो

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७८, आईतवार ०६:४३

लण्डन । कोरोनाभाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ ।

उहाँहरू पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहे दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने।

हिजो शनिवारे ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो। आज ज्वरो छैन र छाती दुख्ने समस्या पनि कम भएको छ। लक्षणहरू कम हुँदै गएको छ।

बास्तोलाका अनुसार पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन र उनको अवस्था आमाबुवाको जस्तो छैन।

उनीहरू अस्पताल बस्नुपर्ने समयावधिबारे जिज्ञासा राख्दा बास्तोलाले भने, नेगेटिभ रिपोर्ट नआएसम्म उहाँहरू बस्नुहुन्छ। कति दिन बस्नुपर्छ भन्ने कुरा अहिले भन्न सकिन्न।

बिबिसीका अनुसार पूर्वराजदम्पती र छोरी प्रेरणा शनिवार दिउँसो १ बजेदेखि अस्पताल भर्ना भएका हुन्।