२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७८, सोमबार ०४:३६

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको छ । आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको निर्णय गर्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यसअघि हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीसीएमसी) को बैठकले सरकारलाई लकडाउन गर्न सिफारिस गरेको थियो । काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पटमा बनेको सीसीएसीको ठहर छ । पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी सीसीएमसीले गरेको हो ।