२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गण्डकी प्रदेशसभाको बिशेष अधिवेशन आज, अविश्वासको प्रस्ताव टेबुल गरिने कार्यसूची

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७८, सोमबार ०४:३७

कास्की । गण्डकी प्रदेशसभाको बिशेष अधिवेशन आज बस्दै छ । दिउँसो बस्न लागेको अधिवेशनमा मुख्यमन्त्री पृथ्वीस्ब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गरिने कार्यसूची रहेको हाम्रा समाचारदाताले जनाएका छन् ।

हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूची अनुसार अविश्वासको प्रस्ताव टेबुल गरिएपछि प्रतिपक्षी संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्ने छन् ।

त्यसपछि दलगत रुपमा प्रदेशसभा सदस्यहरुले बोल्ने र छलफल सकिएपछि प्रस्ताव माथि मतदानद्वारा निर्णय गरिने कार्यतालिका रहेको छ ।