२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बंगलादेश–भारत सीमा १४ दिनका लागि बन्द

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७८, मंगलवार ०४:३६

भारतमा कोरोना भाइरसको संक्रमणले बिकराल रुप लिएपछि छिमेकी मुलुक बंगालदेशले भारतसँगको सीमा सील गरेको छ । बंगलादेशी प्रधानमन्त्री कार्यालयले एक बिज्ञप्ती जारी गरी आज बिहान देखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश गर्ने नाका बन्द गरिएको जानकारी दिएको हो ।

अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाइने छैन भने सामानहरूको ढुवानी भने गर्न पाइने छ । भारतमा कोरोना महामारीका बीच भारतीय नागरिकहरु निर्वाध रुपमा बंगलादेश आवतजावत गर्न थालेपछि बंगलादेश सरकारले यो निर्णय लिएको हो ।

यसअघी बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ ।