२७ बैशाख २०८१, बिहीबार
Follow Us

संक्रमणका कारण भारतमा एक सातामा ४५ जना पत्रकारको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७८, बिहीबार ०५:२३

लन्डन। भारतमा एक साताको अवधीमा ४५ जना पत्रकारको मृत्यु भएको छ । यो सँगै हालसम्म भारतमा कोरोना संक्रमणका कारण १ सय जना पत्रकारको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसले संक्रमण विरुद्ध लडिरहेको भारतलाई आकस्मिक रुपमा स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।

रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सो उपकरण उपलब्ध गराउने बताउनुभएको बीबीसीले जनाएको छ । सो अन्तर्गत २० युनिट अक्सिजन उत्पादन गर्ने उपकरण, ७५ भ्यान्टिलेटर, १ सय ५० वटा मेडिकल मोनिटर र २ लाख प्याकेज औषधी रहेका छन् ।

सोही क्रममा रुसमा उत्पादित संक्रमण विरुद्धको खोप स्पुतानिक भि आगामी शनिबार भारत आइपुग्ने भएको छ । सो खोप कति मात्रा रहेको भन्ने बारे खुलाइएको छैन् ।