२८ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्पतालमा बेड नपाएर पछि एनआरएनए अध्यक्ष पन्तको घरमै उपचार हुदै

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७८, आईतवार १६:११

सोमवार विहान अस्पताल भर्ना हुन सक्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् ।

एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको थियो तर काठमाण्डौंका अस्पतालमा बेडको अभाव भए पछि अस्पताल जान पाएनन् । उनी अहिले होम आईसोलेसनमा छन्।

पन्तले स्वास्थ्य अवस्था सामान्य रहे तापनि डाक्टरको सल्लाह बमोजिम सोमवार विहान अस्पताल जाने तयारी गरेको जानकारी नेपालब्रिटेन डट कमलाई दिए ।

भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको पन्तले आफ्नो फेसबुक टाइमलाइन मार्फत सार्वजनिक गरेका थिए । पन्त आइसोलेशनमा रहेर आइतवार भएका संघका वैठकहरुमा सहभागी भएका थिए ।

‘सावधानी अपनाउँदा अपनाउँदै मलाई पनि कोरोनाले भेटेछ। पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरो छ । असुविधानका लागि क्षमाप्रार्थी छु’ पन्तले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका छन् ।

पन्त गैरआवासीय नेपाली संघको बिभिन्न बैठक तथा काममा सहभागी हुन नेपाल पुगेका थिए ।