२८ बैशाख २०८१, शुक्रबार
Follow Us

चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७८, मंगलवार ०३:५५

झापा । गएराति चट्याङ लागेर झापाको किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ । राति १० बजेको समयमा साइकलमा रात्रिकालिन गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङ ठाकुरलाई लागेको थियो ।

गस्तीमा अन्य दुईजना प्रहरीहरु पनि रहेका थिए । सँगै रहेका उनिहरु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।