३० बैशाख २०८१, आईतवार
Follow Us

बेलायत दियो नेपाललाई दैनिक १ सय ६० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७८, बुधबार १८:११

लण्डन । वेलायत सरकारले नेपालमा दैनिक १ सय ६० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको प्लान्टको स्थापना गरेको छ ।

प्लान्टले प्रति दिन १६० सिलिन्डर उत्पादन गर्न तथा अस्पताल भित्र बाहिर वितरणको लागि २४ सिलिन्डरहरू भर्न सक्ने क्षमता भएको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जनाएकी छन् ।

राजदूत पोलिटले बुधवार आफ्नो ट्वीटर मार्फत नेपाल पुलिस अस्पतालमा अक्सिजन प्लान्ट स्थापना कार्यमा सहयोग गर्न पाएको भन्दै प्रसन्नता प्रकट गरेकी छन् ।