१५ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी डिभीको नतिजा सार्वजनिक

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार ०५:०४

काठमाडौँ । सन् २०२२ का लागि भरिएको अमेरिकी डीभीको नतिजा सार्वजनिक भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जनाएको छ। दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो।

डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिने छ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ।