८ जेष्ठ २०८१, मंगलवार
Follow Us

नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन नरोकिने, नयां केन्द्रिय प्रतिनिधिको माग

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७८, आईतवार ०५:५४


केन्द्रिय प्रतिनिधी भगिरथ योगीलाई हटाइयो

लण्डन । नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन कार्यतालिका यथावत रहने भएको छ । शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा शनिवार सांझ बसेको बैठकले निर्वाचन प्रकृया अघि बढाउने निर्णय गरेको हो ।

यसअघि महासंघका केन्द्रिय प्रतिनिधी भगिरथ योगीले शाखासंग कुनै परामर्श नगरि निर्वाचन रोक्ने प्रयास गरे पछि शाखाले असन्तुस्टी जनाएको छ । बैठकले योगीले केन्द्रीय समितिले केन्द्रीय प्रतिनिधिलाई नियुक्त गरेको पत्रमा उहाँलाई ‘निर्वाचन समितिलाई सहयोग र समन्वय गर्न’ मात्र तोकिएकोमा उहाँले आफ्नो कार्यक्षेत्रबाट बाहिर गई निर्वाचन कार्यक्रममाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।

बैठकले योगीलाई केन्द्रीय प्रतिनिधिबाट अविलम्ब मुक्त गरी नयाँ केन्द्रीय प्रतिनिधि नियुक्तिका लागि केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पूर्वनिर्वाचित कार्यतालिका अनुरुप शाखाको निर्वाचन पोष्टर र प्रत्यक्ष रुपमा गर्ने सर्वसम्मतले निर्णय गरेको शाखाका अध्यक्ष खपांगीले जानकारी दिए । शाखाको पांचौ महाधिवेशन १३ जुनमा लण्डनमा हुदैछ ।
शाखाको नयां नेतृत्वको लागि आज मनोनय गर्ने अन्तिम मिति हो ।

शाखाको शनिवार सम्पन्न बैठकका निर्णयको पूर्णपाठ

यस नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक भर्चुअलरुपमा यही शनिबार २९ मे २०२१ साँझ ८ बजे अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र उपमहासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा बस्यो । बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेकाले जानकारी तथा कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
पारित निर्णयहरु
१) नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौँ अधिवेसनको निर्वाचन प्रयोजनका लागि तोकिएका केन्द्रीय प्रतिनिधि भगिरथ योगीले मिति २०२१ मे २९ तारिखका दिन यस शाखाद्वारा गठित निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमलाई हस्तक्षेप गरी ‘अर्को सूचना नभएसम्म निर्वाचन कार्यक्रम स्थगित गर्ने’ भनी गरेको निर्णयका बारेमा गम्भीर समीक्षा गरियो । केन्द्रीय समितिले केन्द्रीय प्रतिनिधिलाई नियुक्त गरेको पत्रमा उहाँलाई ‘निर्वाचन समितिलाई सहयोग र समन्वय गर्न’ मात्र तोकिएकोमा उहाँले आफ्नो कार्यक्षेत्रबाट बाहिर गई निर्वाचन कार्यक्रममाथि हस्तक्षेप गरेको यस शाखाको ठहर छ । उहाँलाई ‘निर्वाचन समिति र शाखासित समन्वय गरी कार्य गर्न’ तोकिएकोमा शाखा र निर्वाचन समितिलाई कुनै जानकारी नै नदिई अचानक निर्वाचन कार्यक्रम अवरुद्ध गर्नुभएकोमा शाखाको गम्भीर आपत्ति छ । केन्द्रीय प्रतिनिधिले शाखाका बहुसंख्यक सदस्यहरुको विचार नबुझी केही व्यक्तिहरुबाट मात्र प्रभावित भई निर्वाचन समिति र निर्वाचन कार्यलाई पटकपटक हस्तक्षेप गरिरहेकाले उहाँ केन्द्रीय प्रतिनिधि रहुञ्जेल शाखाको निर्वाचन स्वच्छ, निस्पक्ष र धाँधलीरहित हुन्छ भन्ने विश्वास नरहेकाले उहाँलाई केन्द्रीय प्रतिनिधिबाट अविलम्ब मुक्त गरी नयाँ केन्द्रीय प्रतिनिधि नियुक्तिका लागि केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो । साथै निर्वाचन समितिलाई शाखाको यसअघि मे ९, २०२१ मा बसेको पूर्ण बैठकले सर्वसम्मतरुपमा गरेको निर्णयबमोजिम आफ्ना कार्य जारी राख्न अनुरोध गर्ने निर्णय गरियो ।

२) यस शाखाका महासचिव सञ्जयभक्त कँडेलले शाखाको बैठकको निर्णयविपरीत शाखाको लेटरप्याड, नाम तथा इमेल पटकपटक दुरुपयोग गरी इमेल गर्ने, प्रेस विज्ञप्ति जारी गर्ने गरिरहेको हुँदा उहाँलाई यस्ता कार्य गर्नुको कारण के हो शाखालाई तीन दिनभित्र लिखितरुपमा जानकारी गराउन पत्राचार गर्ने निर्णय गरियो । साथै शाखाको यसअघि प्रयोग भइरहेको आधिकारिक इमेल ालवगपद्दण्ज्ञद्द२नmबष्।िअयm अब नचलाउने र आधिकारिक नयाँ इमेल ष्लाय२ालवगप।यचन चलाउने निर्णय गरियो । सो इमेल सञ्चालनको जिम्मेवारी अध्यक्षलाई दिने निर्णय गरियो ।

३) शाखाको पाँचौँ अधिवेसनका बारेमा यसअघि गरिएको निर्णयलाई थप प्रष्ट पार्दै शाखाको अधिवेसनको उद्घाटन १३ जुन २०२१ का दिन बिहान ९ बजे जुमबाट गर्ने निर्णय गरियो । बेलायतमा कोभिड १९ को प्रभाव कम पर्दै गए पनि अधिवेसन हुने दिनसम्म पूरै लकडाउन खुलिनसक्ने र बेलायतका चारवटा राज्यहरुमा लकडाउन सम्बन्धी अलगअलग नियम भएकाले प्रत्यक्ष मतदान गर्न नसक्ने सदस्यहरुका लागि बेलायतको निर्वाचन प्रक्रियाबमोजिम हुलाकमार्फत पनि मतदानको व्यवस्था गर्ने निर्णय गरियो । बेलायतमा गत ६ मे २०२१ का दिन उपनिर्वाचन तथा स्थानीय निर्वाचन प्रत्यक्ष मतदानमार्फत सम्पन्न भइसकेको पृष्ठभूमिमा यस अधिवेसनमा प्रत्यक्ष मतदान गर्न चाहने मतदातालाई कोभिड १९ को सुरक्षा सम्बन्धी बेलायत सरकारको नियमहरुलाई पालना गर्दै प्रत्यक्ष मतदानको व्यवस्था गर्ने निर्णय गरियो । प्रत्यक्ष मतदान १३ जुन २०२१ का दिन दिउँसो गोल्डेनसीप रेस्टुरेन्ट साउथ ह्यारो, लण्डनमा गर्ने निर्णय गरियो ।
४) यस बैठकमा छलफल गर्नुपर्ने अन्य प्रस्ताव नभएकाले अन्त्यमा सबैलाई धन्यवाद दिँदै बैठक समापन गर्नुभयो ।

उपस्थिति
१० अध्यक्ष – नरेश खपाङ्गीमगर
२० वरिष्ठ उपाध्यक्ष – श्याम लुइँटेल
३० वरिष्ठ उपाध्यक्ष – ध्रुवराज अर्याल
४० उपाध्यक्ष – लीलामान शेरपुञ्जा
५० उपाध्यक्ष – दिनेशकुमार परियार
६० उपाध्यक्ष – बिमला सेने
७० उपमहासचिव – नरेन्द्र बस्नेत
८० सचिव – पूर्णबहादुर गुरुङ
९० सचिव – शिव भण्डारी (क्षमायाचना प्राप्त)
सदस्यहरु
१०० विश्वासदीप तिगेला
११० सुरेन्द्र इङ्नाम
१२० नरेश काङमाङ राई
१३० बमबहादुर थापा
१४० जीवन सेन
१५० मञ्जु भण्डारी खरेल
१६० नगेन्द्रराज नेम्वाङ
१७० अनिल मल्ल (क्षमायाचना प्राप्त)
१८० खेमराज रानाभाट (क्षमायाचना प्राप्त)