२४ बैशाख २०८१, सोमबार
Follow Us

रहेनन् उज्वल थापा

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७८, मंगलवार १२:३५

काठमाडौँ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराह्न ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार मात्रै कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।