२५ बैशाख २०८१, मंगलवार
Follow Us

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार ०२:५५

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बस्नेत चार वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले काउन्सिल अध्यक्षमा बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभयो । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेतले दुई दशक कान्तिपुर दैनिकका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।

बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ पारित गरेको छ । सो अध्यादेश स्वीकृतिका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।