२४ बैशाख २०८१, सोमबार
Follow Us

लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई कारबाही

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार ०९:५९

काठमाडौँ । लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई कारबाहीका लागि गृह मन्त्रालयले पत्र काटेको छ । मन्त्रालयले निषेधाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।

आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं. ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए । स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने,‘गृहबाट पत्र आएको छ, पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ ।’