२४ बैशाख २०८१, सोमबार
Follow Us

उपभोक्ताको गुनासोसँगै बजार अनुगमन

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १०:०१

काभ्रे । निषेधाज्ञाकै बीचमा पनि बजारमा उपभोग्य बस्तुमा चरम मुल्य बृद्धी भएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बजार अनुगमन गरेको छ ।
संकटको बेला बजारमुल्य बृद्दी भएको गुनासोसँगै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनको सहभागितामा बजार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवा दुध, तरकारी, खाद्यान्न, कुखुरा, दाना चल्ला, गाई-भैसीको दाना लगायतलाई सहज बनाउन र कृषकहरुको उपज, मल, विउ निर्यात तथा आयातलाई पनि सहज बनाउन व्यवसायहरुलाई निर्देशन दिएको छ ।
सो क्रममा टोलीले अत्यावश्यक बाहेक अन्य पसल खोलेर बस्ने ब्यवसायीहरुलाई तत्काल बन्द गर्न र अटेर गरे संक्रमक रोग ऐन अन्तर्गत कारवाही गर्ने चेतावनी दिएको छ ।

अत्यावश्यक सेवा खोल्ने अवधीमा बनेपामा सबै खालका पसल खोल्दा भिडभाड बढ्न गई संक्रमण फैलन सक्ने भएकाले त्यसको रोकथामका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनुभयो ।

बजार मुल्य बृद्धी भएका सम्वन्धमा नागरिकहरुको गुनासो आएपछि तत्काल मुल्य बृद्धी भएको गेडागुडी, दाल, चामल, तेल, चिनी लगायतका बस्तुहरुमा भएको कृत्रिम मुल्य बृद्धीका सम्वन्धमा अनुगमन टोलीले दररेट संकलन गरेको छ । अनुगमनको क्रममा एउटै स्थानबाट आउने सामग्रीहरुको मुल्य पनि पसल नै पिच्छे फरक÷फरक पाईएको जनाएको छ ।

त्यसरी फरक पाईएको व्यवसायिलाई अध्ययनपछि कारवाहीको प्रकृया शुरु गर्ने जनाएको छ । व्यवसायिहरुले भने ढुवानी महङ्गो भएको, उद्योगले पनि मुल्य बृद्धी गरेको, धान तथा अन्य कच्चा पदार्थको मुल्य बृद्धीका कारण समस्या भएको बताएका छन् ।

मुल्य बृद्धी नरोके संक्रमण रोग ऐन अन्र्तगत कालोबजारी गरेको अभियोगमा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।
काभ्रेमा जारी निषेधाज्ञा आगामि जेठ मसान्तसम्म थपिने भएको जिल्ला प्रशासन काार्यलयले जनाएको छ ।