२४ बैशाख २०८१, सोमबार
Follow Us

जसपा अध्यक्ष यादव र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १०:०४

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रदेश नम्बर–२ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज विहान निधिको निवास मध्य बानेश्वर पुगेका थिए ।

केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला जसपाका अर्का अध्यक्ष यादवले भने निधिसँग कुरा गरी प्रदेश–२ को सत्ता समीकरण बदल्ने तयारी थालेका हुन् । निधिलाई अध्यक्ष यादवले प्रदेश नम्बर २ को सरकारमा सहभागि हुनका लागि उपसभापति निधिलाई आग्रह गरेका थिए । यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन् । तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे ।

यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ । १०७ सदस्यीय प्रदेशसभामा जसपाका ५५ सांसद छन् । जसपाको यादव पक्षसँग ३० र ठाकुर पक्षसँग २५ जना छन् । त्यस्तै नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद छन् । त्यसमध्ये माओवादी केन्द्रले चार जनालाई निष्कासन गरेर एक जनालाई मनोनीत गरिसकेका कारण प्रदेशसभा १०४ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक पर्छ ।